२१ पुष २०८१, आईतवार

मानव बेचबिखन तथा ओसारपसारमा सामाजिक संजाल बढी प्रयोगः कोइराला
  • न्युज मानसराेवर

बाँके\माइती नेपाल र नेपाल पत्रकार महासंघ बाँकेको सयुक्त रूपमा मानव बेचबिखन तथा ओसारपसार बिरूद्व संचारकर्मीहरूसंगको अन्तरक्रिया कार्यक्रम बाँकेमा सम्पन्न गरिएको छ ।

संचारकर्मीहरूसंगको अन्तरक्रियामा बोल्दै माइती नेपाल नेपालगन्ज बाँकेका संयोजक केशब कोईरालाले साजिक संजालको माध्यबाट मानबबेचबिखनको गर्ने गिरोह सक्रिय रहेको बताए ।

कोइरालालले युवापुस्तामा बढी साजिक संजाल प्रयोगमा बढेको हुनाले पनि मानव बेचबिखन तथा ओसारपसार गिरोह समेत सामाजिक संजालमा क्रियाशिल रहेको हुनाले अभिभावक तथा युवापुस्ता खास गरी बालिकाहरु सचेत हुनु पर्ने औलाएका छन।

त्यसै गरी कोइरालाले बार्षिक तथ्याक प्रस्तुत गर्दै जोखिमपुर्ण यात्रामा रहि सिमानाबाट ५९८ महिला, बालबालिकालाई उद्वार, श्रम र यौवन शोषणमा परि उद्वार १३ जना महिला, बालबालिकालाई उद्वार, नेपाल र भारतका सिमानामाबाट परामर्श दिई ४३८ जनालाई घर फिर्ता, खोज तलासको निबेदन ७७७ जनाको निबेदन आएकोमा फेला ४०७ जनालाई परेको जानकारी गराए ।

कोइरालाले घरेलु हिंसाका निबेदन १२ जनाको मध्ये १० जनाको समस्या समाधन गरेको बताउदै माइती नेपालले सिपमुलक तालिम ३ जना र बेचबिखन घटनाको ३ वटा मुद्वा दर्ता गरेको बताउदै मानवबेचबिखन र सुरक्षित बसाई सराई बारे जानकारी दिई पारिवारिक पुर्नमिलन ६१३ जनालाई गराईएको बताए । अन्तरर्किया कार्यक्रम नेपाल पत्रकार महासंघ बाँके अध्यक्ष नवीन गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

  • १६ पुष २०८१, मंगलवार प्रकाशित

  • Nabintech