बाँके\बाँकेको डुडुवामा देशकै सबैभन्दा अग्लो १५१ फिटको शिव प्रतिमाको निर्माण सुरु गरिएको छ । डुडुवा गाउँपालिका २ स्थित रामनगर पाझामा सो शिव प्रतिमा निमार्ण गर्न वाउण्ड्री वाल निर्माण सुरु गरिएको छ ।
डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले प्रतिमा निर्माणको शिलान्यास गर्दै धेरै पहिलेदेखि शिव प्रतिमा बनाउने योजना रहेकोमा अहिले आएर कार्यान्वयनमा आएको बताएका छन।
गाउँपालिकाको क्रमागत योजना अन्तर्गत सो प्रतिमा निर्माणका लागि १ करोड ४ लाख ६१ हजार ६२१ रुपियाँको लागतमा कोहलपुर–११ स्थित दीपक बिल्डर्सले ठेक्का पाएको गाउँपालिकाका प्राविधिक शाखा प्रमुख इन्जिनियर सुरेन्द्रकुमार बर्माले जानकारी गराए।