२६ श्रावण २०८३, मंगलवार

५ हजार खुल्ला दाैड प्रतियोगिता संचालन गर्दै कोहलपुर प्याब्सन
  • न्युज मानसराेवर

कोहलपुर\संस्थागत तथा सामुदायिक विद्यालय विच ५ हजार खुल्ला रनिङ प्रतियोगिता संचालन गर्ने भएको छ ।

कोहलपुर नगर प्याब्सनको आयोजनामा यही माघ ११,१२ र १३ गते हुने कोहलपुर दोस्रो प्याब्सन नगर स्तरीय  रनिङ शिल्ड प्रतियोगिता संचालन गरिने कोहलपुर नगर प्याब्सनका अध्यक्ष रमेश केसीले जानकारी गराए ।

अध्यक्ष केसीका अनुसार उक्त रनिङ शिल्ड प्रतियोगितामा सामुदायिक तथा संस्थागत स्कुलका माध्यमिक तहका छात्रहरु विच ५ हजार मिटर खुल्ला रनिङ प्रतियोगिता संचालन गरिने जानकारी गराए । प्रतियोगिताको धनराशि प्रथम पुरस्कार ७ हजार दोस्रो पुरस्कार ५ हजार तेस्रो पुरस्कार ३ हजार राखिएको कोहलपुर नगर प्याब्सन सचिव मित्रलाल वलीले जानकारी गराए ।

त्यसै गरी संस्थागत विद्यालयका खेल शिक्षकहरूकको भेलामा बोल्दै कोहलपुर नगर प्याब्सन अध्यक्ष रमेश केसीले फर्जी खेलाडि खेलाईएको पाईएमा प्रत्येक खेलाडि  बापत १० हजार जरिवाना सम्बन्धित विद्यालयले तिर्नु पर्ने जानकारी समेत गराएका छन । ‘हाम्रो उदेश्य सबै खेल निपश्च गराउने हो कसैले फर्जी खेलाडि खेलाइएको पाइएमा जरिवाना गराइने अध्यक्ष खत्रीले भने ‘।

यसै गरि कोहलपुर दोस्रो प्याब्सन नगर स्तरीय  रनिङ शिल्ड प्रतियोगिता संस्थागत विद्यालयले आधारभूत तथा माध्यमिक तह विच विभिन्न विधामा प्रतियोगिता संचालन गरिने भएको छ । त्यसै गरी थप खेलहरुमा एथ्लेटिक्स तर्फ कक्षा ५ र ६ र ७ र ८ कक्षा का छात्र छात्रा विच लामो जम्प खेल संचालन गरिने भएको छ ।  निपश्च खेल संचालन गर्नका लागि ५ सदस्य अभिलेख तथा डकुमेन्ट रुजु समिति समेत गठन गर्ने निर्णय गरेको छ । उक्त समितिमा नवकिरण शाहको संयोजत्वमा कालुराम थारु ,श्रीधर गोराथोकी ,राजिव सृुवेदी ,राजु दाहल रहेका छन।

 

  • २८ पुष २०८१, आईतवार प्रकाशित

  • Nabintech