११ माघ २०८१, शुक्रबार

५ हजार खुल्ला दौड प्रतियोगितामा गोर्खाको वर्चश्व
  • न्युज मानसराेवर

कोहलपुर \प्याब्सन कोहलपुरले आयोजना गरेको ५ हजार मिटर खुल्ला दौड प्रतियोतिामा गोर्खा युनाईटेड पब्लीक स्कुलले वर्चश्व कायम गरेको छ । उक्त स्कुलबाट सहभागि कमल भारतिले १७ मिनेट ०.६ सेकेन्डमा ५ हजार मिटर दौड पुरा गरेर प्रथम स्थान हासिल गरेका छन।

त्यसै गरी दिप ज्योति मावि चिसापानीका राजेन्द्र परियारले दोस्रो स्थानमा आएका छन। उनले १८ मिनेटमा ५ हजार दौड पुरा गरेका छन।

भने तेस्रो स्थामा समेत गोर्खाका रमित सापकोटा छन। उनले १८ मिनेट ०.७ सेकेन्डमा दौड पुरा  गरेरे दोस्रो प्याब्सन रनिङ  शिल्ड प्रतियोगिताका फील्ड मार्शल  दिनेश सिग्देलले जानकारी गराएका छन।

उक्त प्रतियोगितामा ३२ वटा विद्यालयको सहभागिता रहेको प्याब्सन कोहलपुरका अध्यक्ष रमेश केसीले जानकारी गराएका छन। उक्त प्रतियोगिताको प्रथम पुरस्कार ७ हजार तथा प्रमाणपत्र दोस्रो ५ हजार नगद प्रमाण पत्र र तेस्रो पुरस्कार ३ हजार तथा प्रमाणपत्र रहेको प्याब्सन नगर उपाध्यक्ष समिर घर्तिले जानकारी गराएका छन ।

आज देखी संचालन गरिएको प्याब्सन कोहलपुर दोस्रो रनिङ  शिल्ड प्रतियोगिता १३ गते सम्म संचालन गरिने बताइएको छ ।  उक्त ५ हजार दौड प्रतियोगितामा संस्थागत तथा सामुदायिक विद्यालयको सहभागिता रहेको थियो ।

  • ११ माघ २०८१, शुक्रबार प्रकाशित

  • Nabintech