१९ माघ २०८१, शनिबार

ठकुरी समाजकाे आयाेजनामा काेहलपुरमा रक्तदान 
  • न्युज मानसराेवर

काेहलपुर / काेहलपुरमा ठकुरी एकता समाजले रक्त दान कार्यक्रम सम्पन्न गरेकाे छ ।

काेहलपुर ३ मदन चाैक मुख्य कार्यालय रहेकाे ठकुरी एकता समाजकाे आयाेजनामा उक्त रक्तदान कार्यक्रम आयाेजना गरिएकाे ठकुरी समाज मदनचाैकका सल्लाहकार संयाेजक केशव शाहीले जानकारी गराएका छन ।

उक्त रक्तदान कार्यक्रममा कूल ३६ पईन्ट रक्तदान संकलन गरिएकाे समाजका अध्यक्ष हिमाल शाहीले न्यूज मानसरोवर लाई उल्लेख गरेका छन ।

रक्तदान कार्यक्रम दशविगनह ब्लड बैकमा गरिएकाे थियाे ।

रगतकाे अभावका कारण कसैले मृत्यु नहाेस् भन्ने उदेश्यले रक्तदान कार्यक्रमकाे आयाेजना  गरिएकाे सल्लाहकार संयाेजक केशव शाहीले बताएका छन ।

 

  • १९ माघ २०८१, शनिबार प्रकाशित

  • Nabintech