२५ जेष्ठ २०८२, शनिबार

लुम्बिनी प्रदेशका कामु सचिव अधिकारी सचिवमा बढुवा
  • न्युज मानसराेवर

बाँके\सरकारले लुम्बिनी प्रदेशका कायममुकायम सचिव बाबुराम अधिकारीलाई सचिवमा बढुवा गरेको छ ।

सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव एवम् लुम्बिनी प्रदेशका कामु सचिव अधिकारीलाई बढुवा गर्ने निर्णय गरेको हो ।

बैठकले बढुवा भएका अधिकारीलाई लुम्बिनी प्रदेशकै प्रमुख सचिवमा पदस्थापन पनि गरेको छ ।

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवाका लागि अधिकारीसहित ३ जनाको नाम सिफारिस गरेको थियो ।

जसअनुसार पहिलो नम्बरमा सिफारिस अधिकारी सचिवमा बढुवा हुँदा दोस्रो नम्बरका मदन भुजेल र तेस्रो नम्बरका चन्द्रकला पौडेल पछाडि नै परे ।दोस्रो नम्बरमा सिफारिस गरिएका भुजेल मधेश प्रदेश सरकारको कामु प्रमुख सचिवको जिम्मेवारीमा छन् । तेस्रो नम्बर सिफारिस भएकी पौडेल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यरत छिन् ।

  • २९ माघ २०८१, मंगलवार प्रकाशित

  • Nabintech