२७ जेष्ठ २०८२, सोमबार

बाघ तथा आहार प्रजातिका वन्यजन्तुको अनुगमन सुरु
  • न्युज मानसराेवर

बाँके\वन्यजन्तुको आक्रमणबाट बाँकेमा माघ ९ गते बुधबार एकजना महिलाको मृत्यु भयो । राप्तीसोनारी गाउँपालिका–८ ओभरीकी ६७ वर्षीया चेती बुढाथोकीको मृत्यु भएको थियो । उक्त आक्रमण बाघ वा अन्य कुनै वन्यजन्तुबाट भएको हो भन्ने अहिलेसम्म खुलेको छैन ।

पछिल्लो समय विभिन्न संरक्षित क्षेत्र तथा वनजंगल नजिकका बस्तीमा बाघले मानिसमाथि आक्रमण गर्ने दर बढिरहेको छ । वन्यजन्तुको आक्रमण बढेपछि उनीहरुको विचरणका बारेमा अनुसन्धानका लागि वनजंगल आसपासका क्षेत्रमा बाघ तगा आहार प्रजातिका वन्यजन्तुको अनुगमन मंगलबारदेखि सुरु गरिएको छ ।

डिभिजन वन कार्यालय बाँकेको आयोजना तथा बाँके राष्ट्रिय निकुञ्जको सहजीकरण र जेडएसएलको प्राविधिक सहयोगमा राप्तिसोनारी गाउँपालिका–३ बैसामा कम्दी जैविक मार्गमा पुगेर मंगलबार वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशका सचिव मोहनराज काफले उद्‌घाटन गरे ।

 

  • ३० माघ २०८१, बुधबार प्रकाशित

  • Nabintech