बाँके\पश्चिम क्षेत्रकाे प्रमुख ‘रेफरल’ स्वास्थ्य निकाय भेरी अस्पतालकाे आईसियुलाई पुर्णक्षमतामा संचालन गर्न नेकपा एमालेले माग गरेकाे छ । एमाले बाँके निर्वाचन क्षेत्र नंं. २ ले आईसियुलाई पुर्णक्षमतामा संचालन गराउनका लागि सराेकारवा निकायकाे ध्यानाकर्षण गराउने भएको हाे । बिरामी चाप ह्वात्तै बढेपनि १५ शैयाकाे आईसियु हाल १० शैयामा सिमित छ ।
“जसले गर्दा बिरामीलाई असाध्यै दुख भएको छ । पश्चिमकाे आशा,भराेसाकाे केन्द्र भएको हुँदा यसलाई पुर्ण क्षमतामा संचालन गरिनुपर्छ भन्ने हाम्रो माग हाे ।’- एमाले केन्द्रीय सदस्य एवं क्षेत्र नंं. २ का ईन्चार्ज पशुपतिदयाल मिश्रले भने ।
मिश्रका अनुसार के कति कारणले याे पुर्ण क्षमतामा संचालनमा आउन सकेन ? त्यसका बिषयमा अस्पतालसंग जवाफ माग गरिनुका साथै केन्द्रीय निकायसंग समस्या समाधानका लागि पहल गरिनेछ ।
त्यसकाे तयारीका लागि पशुपति दयाल मिश्रकाे संयाेजकत्वमा भाष्कर काफ्ले, मोहित शाह, सरोज चाैधरी सहितका सदस्य रहने गरि समिति गठन गरिएको छ । याे समितिले पुर्ण क्षमताकाे आइसीयु संचालन गर्नका लागि आवश्यक पहल गर्नेछ ।