१६ फाल्गुन २०८१, शुक्रबार

निजी क्षेत्रको लगानी सुरक्षित बनाउने कानून बनाउन आवश्यकः ढकाल
  • न्युज मानसराेवर

बाँके\बाँके क्षेत्र नं १ का सांसद सुर्य प्रसाद ढकालले देशमा निजि क्षेत्रले शिक्षाको क्षेत्रमा अतुलनिय योगदान गरेको भन्दै शैक्षिक सुधारका सवालमा आफुले सदनमा पटक पटक आवाज उठाईरहेको वताएका छन ।

देशका आधा भन्दा बढि शिक्षा क्षेत्रमा निजि क्षेत्रको लगानि रहेको भन्दै सांसद ढकालले निजी क्षेत्रलाई सुरक्षित बनाउने कानुन बनाउन आवश्यकता भएको औंल्याए।बाँकेको कोहलपुर २ पुष्पनगरमा रहेको एभरेष्ट सैनिक सेकेण्डरि स्कुलको ३० औं बार्षिक उत्सव कार्यक्रममा उक्त कुरा बताएका हुन।विद्यालयले आज ३० औं बार्षिक उत्सव एवं अभिभावक दिवस  मनाएको हो ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष कृष्ण भुसालको अध्यक्षतामा आयोजित ३० औं बार्षिक उत्सव समारोहमा विद्यालयको बार्षिक शैक्षिक क्यालेण्डर बमोजिम आयोजना गरिएका विभिन्न विधामा सर्वोत्कृष्ठ हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ ।

विद्यालयले सञ्चालन गरेको नृत्य प्रतियोगिताको छनौट चरणको प्रतिस्पर्धा समेत गराईएको कार्यक्रममा विद्यालयमा अध्यनरत वाल वालिकाहरुले विविध सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए ।

विद्यालयका प्रबन्ध सञ्चालक एवं प्रधानाध्यापक महेन्द्र शर्माले उपस्थित अभिभावक, अतिथि तथा विद्यार्थीहरुलाई ३० औं बार्षिक उत्सवमा स्वागत गर्दै विद्यालयको बार्षिक प्रगति भावि कार्ययोजना तथा नितीहरु प्रस्तुत गरेका थिए ।शर्माले विगत ३० वर्ष देखी कोहलपुर क्षेत्रमा शैक्षिक गुणस्तर कायम गर्दै आइरहेको दावि समेत गरेका छन।

प्याब्सन बाँकेका प्रमुख सल्लाहकार  यम रावत, सल्लाहकार शिव डाँगि, प्याव्सन नगर अध्यक्ष रमेस के.सि., उपाध्यक्ष समिर घर्ति, शिक्षक महासंघ कोहलपुरका अध्यक्ष निम प्रकास थापा, शिक्षक महासंघ बैजनाथका अध्यक्ष महेश शर्मा, प्याव्सन नगर सचिव मित्रलाल वलि, राष्ट्रिय परिक्षा शाखा अधिकृत भगवान यादव, नृत्य निर्णायक अम्विका धिताल लगाएत विभिन्न क्षेत्रका शैक्षिक ब्यक्तित्व, अभिभावक विद्यार्थी तथा पत्रकारहरुको वाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालयका तर्फ बाट मायाको चिनो समेत प्रदान गरिएको थियो ।

  • १६ फाल्गुन २०८१, शुक्रबार प्रकाशित

  • Nabintech