१९ फाल्गुन २०८१, सोमबार

लोप हुँदै फुर्का नाच
  • न्युज मानसराेवर

हुम्ला\हुम्ला जिल्लामा पुरुषले नाच्ने फुर्का नाच लोप हुँदै गएकोमा यहाँका स्थानीयले चिन्ता व्यक्त गरेका छन् । शुभ अवसर र चाडपर्वमा नाचिने फुर्का नाच पछिल्लो समय नाच्नै छोडेपछि लोप हुने अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरिएको हो । सिमकोट गाउँपालिका–२ का वडाध्यक्ष देवजङ्ग बोहोराले पहिले धेरै नाचिने फुर्का नाच अहिले छोडिएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले सबै जातिका पुरुषले नाच्ने फुर्का नाच अहिले बिरलै मात्रामा नाचेको देख्न पाइने बताउनुभयो । फुर्का नाच्ने मानिस वृद्ध हुँदै गएको र युवा यसतर्फ आकर्षित हुन नसकेकाले यसको संरक्षण गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

सिमकोट गाउँपालिकाको कार्यपालिकाका सदस्य गोपाल विकले चाडपर्व र शुभ अवसरमा नाचिने फुर्का नाच हाल लोप हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै संस्कृति संरक्षणमा स्थानीय सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । फुर्का नाचमा विशेष गरी दुई पक्ष पङ्क्तिबद्ध रूपमा लागेर नाच्छन् । फुर्का नाच्दा स्थानीय परम्परागत पहिरनमा सजिने, टाउकोमा फटुका बेर्ने र दुवै हातमा फटुका समातेर नाच्ने गर्छन् ।

  • १९ फाल्गुन २०८१, सोमबार प्रकाशित

  • Nabintech