२६ श्रावण २०८२, आईतवार

नेपालगन्ज नाकाबाट आयात र निर्यात दुबै बढ्यो
  • न्युज मानसराेवर

बाँके\    पश्चिम नेपालकै प्रमुख व्यापारिक नाका नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्षमा आयात निर्यात दुबै वृद्धि भएको छ।

नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत पवित्र कुमार खड्काका अनुसार यस वर्षको माघ महिनासम्म यो नाकाबाट ४२ अर्ब ३४ करोड ९५ लाख बराबरको सामान आयात भएको छ।

गत वर्ष सोही अवधिमा ३९ अर्ब ९० करोड ३९ लाख बराबरको सामान आयात भएको थियो। गत वर्षको तुलनामा यो वर्ष हालसम्म २ अर्ब ४४ करोड जति आयात बढेको छ।

चालु आर्थिक वर्षको सात महिनामा यो नाकाबाट एक अर्ब ५१ करोड ४३ लाख बराबरको सामान निर्यात भएको छ भने गत वर्ष सोही अवधीमा एक अर्ब ३३ करोड ८४ लाख बराबरको सामान निर्यात भएको थियो।यो नाकाबाट चालु आर्थिक वर्षमा १७ करोड ५९ लाख भन्दा बढी निर्यात वृद्धि भएको सूचना अधिकारी खड्काले जानकारी गराए ।

  • २१ फाल्गुन २०८१, बुधबार प्रकाशित

  • Nabintech