२२ फाल्गुन २०८१, बिहीबार

देशभरको मौसम सफा रहने
  • न्युज मानसराेवर

बाँके\हाल देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहेको छ ।

तराईका केही स्थानमा हल्का हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आज दिउँसो पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहनेछ ।

यसैगरी, आज राति पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

  • २२ फाल्गुन २०८१, बिहीबार प्रकाशित

  • Nabintech