काेहलपुर /काेहलपुर स्थित निम्बल एकेडेमि कोहलपुरले आफ्नाे १६ ओैँ बार्षिक उत्सव तथा अभिभाव दिवस मनाएकाे छ ।
बार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रममा प्रमुख अथिति काेहलपुर नगरपालिका मेयर पुर्ण प्रसाद आचार्यले शैक्षिक हवका रूपमा काेहलपुरकाे पैहिचान स्थापित गर्नाका निम्ति नगर सरकारले विभिन्न कार्ययोजना कार्यान्यन गर्दै आईरहेकाे बताए ।
उनले सरकारी तथा निजी क्षेत्रकाे सहकार्य गरी कोहलपुरलाई शैक्षिक हवका रुपमा विकास गर्न सकिने बताए ।आचार्यले परीक्षा प्रणालीले मात्र शैक्षिक गुणस्तर नआउने औल्याउदै शैक्षिक क्षेत्रकाे विकासका निम्ति पूर्वाधार निर्माण वैज्ञानिक शिक्षण विधि ,कृयाकलाप गर्न आवश्यक रहेकाे बताए ।
कार्यक्रममा बाेल्दै विशिष्ट अथिति काेहलपुर नगरपालिका सामाजिक विकास समिति संयाेजक ईश्वरीप्रसाद विकले शिक्षाकाे महत्त्व र भविष्यमा यसले दिने उपलब्धि दिलाउन अभिभावक शिक्षित हुन आवश्यक रहेकाे बताए ।
उनले जिल्ला तथा अन्तर जिल्ला तथा राष्ट्रमा समेत निम्बल स्कुलका बालबालिकाहरूले उत्कृष्ट गरेकाे हुनु पर्ने बताए ।शैक्षिक क्षेत्र मात्र नभएर निम्बलले कोहलपुर क्षेत्रमा हरेका समाजिक उत्तरदायित्व तथा खेल जगदलाई माथी ल्याउन महत्वपूर्ण योगदान गरिरहेको औल्याए ।
विकले नगर सरकारले संस्थागत विद्यालय तथा सामुदायिक विद्यालयमा कुनै विभेद नगरेकाे दावि समेत गरेका छन। उनले १६ओै बार्षिक उत्सव तथा अभिभावक दिवसकाे शुभकामना समेत व्यक्त गरे। कार्यक्रममा संस्थापक अध्यक्ष निम बहादुर खत्रीले १६ ओै स्थापना दिवसकाे अवसरमा सबैलाई स्वागत गरेका थिए । खत्रीले बार्षिक उत्सव बर्षभरी अध्यापन तथा गतिविधिहरूकाे बारेमा समीक्षा गर्ने माध्यम समेत रहेको बताए ।
खत्रीले बालबालिकाहरूकाे प्रतिभावहरूकाे मुल्यांकन समेत गर्न अभिभावकलाई अनुराेध गरे । १६ ओैँ बार्षिक उत्सवमा नीजि विद्यालय नाफा र सेवामुखी दुवै हुने हुँदा राम्रो सेवा प्रभाह गरीरहेकाे ओैल्याएका थिए । स्थानीय सरकारले स्थानीय पाठ्यक्रम कक्षा १ देखि शुरू गरे प्रश्चात त्यहाँ भएका स्थानीय जनप्रतिनिधिहरूकाे जीवनी बारे अध्ययन गर्न पाएका बालबालिका हर्षित हुने गरेकाे समेत बताए ।
उनले स्थानीय सरकारले सामुदायिक विद्यालय र संस्थागत विद्यालय दुवैलाई सम्मानजनक दृष्टिकोण राखिदिन समेत आग्रह गरे । कार्यक्रममा काेहलपुर नगर शिक्षा प्रमुख राम बहादुर हमाल प्याब्सनका प्रमुख सल्लाहकार यम बहादुर रावत जिल्ला सल्लाहकार दिनेश सिग्देल , सल्लाहकार शिव डागी , प्याब्सन बाँकेका उपाध्यक्ष महेन्द शर्मा जिल्ला सचिव लक्षमण सिंह प्याब्सन काेहलपुरका प्रमुख सल्लाहकार गाेविन्द सुवेदी , उपाध्यक्ष शमिर घर्ती मगर सचिव मित्रलाल वली लगाएकाे सहभागीता रहेकाे थियाे ।
कार्यक्रममा विभिन्न विदामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई सम्मान गरिएकाे थियाे।कार्यक्रममा कविता, नित्य ,नाटक समेत प्रस्तुत गरिएको थियाे।१६ ओैँ बार्षिक उत्वस कार्यक्रममा विद्यार्थीहरूले विज्ञान समेत गरेका थिए।त्यसै गरि प्रमुख अतिथिहरू शैक्षिक प्रर्दशनीकाे अवलोकन समेत गरेका थिए। कार्यक्रम निम्बल स्कुलका प्रिन्सिपल रमेश केसीले कार्यालय सहयोगि रमा उपाध्यलाई सम्मान गरेका थिए ।
उपाध्य विद्यालय स्थापना कालदेखी कार्यलय सहयोगिका रुपमा कार्यरक्त छिन।त्यसै गरी खेल प्राविधिकका रुपमा सहयोग गर्ने पूर्व विद्यार्थी मोहन गोडियालाई समेत सम्मान गरिएको थियो।कार्यक्रममा अथितिहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।