२२ असार २०८२, आईतवार

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता सुरु
  • न्युज मानसराेवर

बाँके\प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रतियोगिताको उद्घाटन गरेका छन।

देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मुख्यमन्त्री आचार्यले ब्याटिङ गर्नुभएको थियो भने क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले बलिङ गरेर प्रतियोगिताको शुभारम्भ गरेका हुन।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले यो प्रतियोगिता दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान, सिद्धार्थ रङ्गशाला र तिलोत्तमा एक्स्ट्राटेक ओभल मैदानमा सञ्चालन गरेको हो । मैदानमा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशबिच खेल भइरहेको छ ।

  • २५ फाल्गुन २०८१, आईतवार प्रकाशित

  • Nabintech