बाँके\नेपालगन्जमा ठुलो समस्याका रूपमा रहेका छाडा चौपायालाई अझै व्यवस्थित गर्न नसक्दा फेरि पनि सडक र चोकमा चौपायाको सङ्ख्या बढ्दै गएको छ । उपमहानगरका अधिकांश मुख्य चोक र सडकमा अहिले फेरि छाडा घोडा, खच्चड र गाईगोरुले बास बनाएपछि ती सडकमा आवागमन गर्ने सर्वसाधारणलाई समस्या भइरहेको छ ।
बेला बेलामा नेपालगन्ज उपमहानगरपालिकाले केही छाडा चौपायालाई बजार क्षेत्रबाट लखेटेर कान्जी हाउससम्म पुर्याएको देखाउँदै आए पनि सो समस्याको स्थायी समाधानका लागि कुनै पनि पहल नगरेको स्थानीयको गुनासो छ । नागरिक सरोकार समाज बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले हरेक दिन सहरको मुख्य चोक र सडकमा छाडा चौपायाको कब्जा देखिँदै गए पनि स्थानीय निकायले कुनै वास्ता नगरेको पाइएको आरोज लगाएका छन।