बाँके\ समता स्कुल कोहलपुरले होली मिलन कार्यक्रम सम्पन्न गरेको छ ।
२०७३ सालमा स्थापना गरिएको समता स्कुल कोहलपुरले होली पर्वको धार्मिक मान्यता र महत्वबारे विद्यार्थीलाई जानकारी दिदै होली मिलन कार्यक्रम मनाएकाे हाे।
विद्यार्थी,अभिभावक शिक्षकहरु विच रंग अबिर साटा साटा तथा एकअर्कासँग भेटघाटसहित होली मिलन कार्यक्रम सम्पन्न गरिएकाे हो।
बाँके जिल्लाकै न्यूनतम शुल्क तथा सबै कक्षाहरुमा एउटै शुल्कमा समता स्कुलले अध्यापन गर्दै आइरहेको छ ।हिन्दु धर्मकाे जगेर्ना तथा बालकालिकाहरूलाई संस्कृति शिक्षा प्रदान हुने विश्वासले होली मिलन कार्यक्रमकाे आयाेजना गरिएकाे समता स्कुल कोहलपुरका कार्यकारी निर्देशक रबि रोकायाले जानकारी गराएका छन।