३ चैत्र २०८१, सोमबार

बाँकेमा२९ लाखभन्दा बढी राजस्व सङ्कलन
  • न्युज मानसराेवर

बाँके\जिल्ला प्रहरी कार्यालय बाँकेले एक महिनामा ३६ सयभन्दा बढी सवारी साधन कारबाही गरी २९ लाख रुपियाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।प्रहरीले गत फागुन महिनामा मात्र नियमविपरीत रहेका तीन हजार ६१४ वटा विभिन्न सवारी साधनलाई कारबाही गरेको जनाएको
छ । उक्त सवारी साधन कारबाही गरेर २९ लाख ११ हजार पाँच सय रुपियाँ जरिवाना गराई राजस्व सङ्कलन गरिएको हो ।

प्रहरीले फागुनमा १४ लाख ७१ हजार ८७५ रुपियाँ बराबरको अवैध भन्सार छलीको सामानसहित तीन जना व्यक्ति र चार वटा मोटरसाइकल बरामद गरी कारबाहीका लागि सम्बन्धित निकायमा पठाएको जनाएको छ ।

  • २ चैत्र २०८१, आईतवार प्रकाशित

  • Nabintech