२३ बैशाख २०८२, मंगलवार

लुम्बिनीबाट शान्ति, एकता सदभाव र मानवताको सन्देश दिन सकिन्छ : पर्यटनमन्त्री पाण्डे
  • न्युज मानसराेवर

बाँके\संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेयले लुम्बिनी बौद्धमार्गीहरुको आस्थाको केन्द्रसँगै विश्व शान्ति पर्यटनको केन्द्र रहेको बताएका छन। दोस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव तथा अन्तर्राष्ट्रिय ध्यान महोत्सव उद्घाटन समारोहलाई आज शुक्रवार बिहान सम्बोधन गर्दै मन्त्री पाण्डेयले विश्वभरका शान्तिप्रियहरुको पनि पवित्र स्थल भएकाले शान्ति पर्यटनको केन्द्र भएको उल्लेख गरे।

चिनिया दुताबाससँगहको सहकार्यमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सहित विभिन्न निकायहरूको आयोजनामा बिहीबारदेखि सुरु भएको महोत्सवको शुक्रवार बिहान उद्घाटन समारोह गरिएको हो । मन्त्री पाण्डेयले लुम्बिनी बौद्ध धर्माम्बलम्बीहरुको आस्थाको केन्द्र मात्रै नभई विश्वव्यापी रूपमा लुम्बिनीबाट शान्ति, एकता सदभाव र मानवताको सन्देश दिन सकिने बताए ।

लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री पाण्डेयले बुद्ध जन्मस्थल लुम्बिनीसँग जोडिएका तिलौराकोट, देव दह र रामग्रामलाई विश्वशान्ति सहर बनाउनुपर्नेमा जोड दिए । नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले चिनले नेपालसँगको सम्बन्धलाई दिगो बनाउन पवित्र स्थल लुम्बिनीमा दोस्रो पटक लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति सम्मेलन गरेको बताए ।

सम्मेलनको उद्घाटन मायादेवी मन्दिर उद्यानमा १ सय भिक्षु र ४ सय साधकको सहभागितामा ध्यान गराइएको थियो ।शनिवार खेलकुद र विकासका लागि अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा तेस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन कार्यक्रम राखिएको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष पूर्व मन्त्री जीवनराम श्रेष्ठले बताए । शुक्रवार समितिले लुम्बिनी क्षेत्रका खेलकुदका सामाग्रीहरू समेत वितरण गर्ने छ । शुक्रवार नै लुम्बिनी विश्वविद्यालयमा सांस्कृतिक आदानप्रदान कार्यक्रम, साँझ लुम्बिनी स्क्वायरमा सांस्कृतिक कार्यक्रम राखिएको दूतावासले जनाएको छ ।

 

  • ७ चैत्र २०८१, शुक्रबार प्रकाशित

  • Nabintech