काेहलपुर / काेहलपुर नगरपालिका स्तरीय कक्षा ८ काे परिक्षाकाे नतिजा आज सार्वजनिक गरिएको छ ।
आज सार्वजनिक गरिएकाे ८ कक्षाकाे परिक्षा प्रतिफल गत साल भन्दा याे सालकाे परिक्षामा राम्रो नतिजामा सुधार देखिएकाे छ ।
गत आर्थिक वर्षमा कूल २५ प्रतिशत नतिजामा चित्त बुझाएको नगरपालिकाले यस वर्ष ५२ प्रतिशत नतिजा दिन सफल भएकाे छ ।
सामुदायिक तथा संस्थागत गरि ५३ वटा विद्यालयले कक्षा ८ काे परिक्षामा सामेल भएका थिए । कूल ३ हजार ८४ जनाले कक्षा ८ काे परीक्षा फारम भरेका थिए ।
सामुदायिक तर्फकाे नतिजा गत आर्थिक वर्षमा १४ प्रतिशत मात्र तियाे भने हाल याे प्रतिशत २९ पुगेकाे छ ।
त्यसै गरि संस्थागत विद्यालयकाे गत आर्थिक वर्षकाे नतिजा ७० प्रतिशत थियाे भने आर्थिक शैक्षिक सत्रमा ८१ प्रतिशत नतिजा देखिएकाे काेहलपुर नगर शिक्षा शाखाले जनाए छ ।
त्यसै गरि दुईवटा विषयमा NG प्रााप्त गर्ने बालबालिकाहरूकाे ग्रेड बृद्वि परीक्षा बैशाख १२ गते देखि संचालन गर्ने तयारी काेहलपुर नगर शिक्षा शाखाले तयार गरेकाे छ।
उक्त परीक्षा पश्चात् अझै कूल ५२ प्रतिशतमा थप सुधार हुने देखिन्छ । त्यसै गरि बैसाख ७ गते सम्म ग्रेड बृद्वि परीक्षा फारम भर्न सकिने छ ।