बाँके\यही वैशाख २० र २१ गते नेपालगन्जमा आयोजना गरिने नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको सातौँ केन्द्रीय महाधिवेशनको उद्घाटन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएका छन।
महाधिवेशनको तयारीका लागि सोमबार नेपालगन्जमा आयोजना गरिएको कार्यक्रममा सो कुराको जानकारी गराउँदै एमालेका केन्द्रीय सदस्य एवम् मुस्लिम फाँटका इन्चार्ज मोहम्मद हारुन हलवाईले महाधिवेशनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु हुने जनाउँदै तयारीलाई तिव्र पारिएको जानकारी गराए ।