बाँके\बाँकेको कोहलपुर नगरपालिकाले कोहलपुरमा रहेका बादी तथा गन्धर्व समुदायका महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि सिलाइकटाइ तालिम सुरु गरेको छ ।कोहलपुर नगरपालिका ११ स्थित गन्धर्व टोलका १० जना बादी तथा गन्धर्व समुदायका महिलाहरुलाई आत्मनिर्भर तथा स्वरोजगार बनाउने उद्देश्यले बुधबारदेखि डेढ महिने सिलाइकटाइ तालिम सञ्चालन गरिएको हो ।
नगरभित्रका विभिन्न वडाहरुमा बसोबास गर्ने पिछडिएका वर्ग, जाति, समुदाय लगायतको उत्थानका लागि उनीहरुलाई आत्मनिर्भर र स्वरोजगार बनाउन विभिन्न सीपमूलक तालिमहरु सञ्चालन गरिँदै आएको नगरपालिकाले जनाएको छ ।