बाँके\पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार बाँकेको राप्ती नदीको कटानको स्थलगत निरीक्षण गरेका छन।
माओवादी केन्द्रले सञ्चालन गरेको तराई मधेश जागरण अभियान अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिकाको फत्तेपुरमा आयोजित कार्यक्रममा सहभागी हुन त्यहाँ पुग्नु भएका पूर्व प्रधानमन्त्री प्रचण्डले राप्ती सोनारी ७ मा राप्ती नदीले गरेको कटान तथा तटबन्धको स्थलगत निरीक्षण गरेका हुन।
राप्ती सोनारी ७ मा राप्ती नदीमा तटबन्ध निर्माण नहुँदा राप्ती सोनारीको वडा नम्बर ७ फत्तेपुर र नरैनापुर क्षेत्र प्रभावित हुँदै आएको छ । तटबन्ध नहुँदा सो क्षेत्रका सात भन्दा बढी गाउँका सयौं जनता त्रसित छन् ।