१६ बैशाख २०८२, मंगलवार

वालकको शव खेतमा गाडिएको अवस्थामा फेला
  • न्युज मानसराेवर

बाँके\बाँके बैजनाथ-४ का १० वर्षिय बालक कुशल बुढाको शव खाल्डोमा गाडिएको अवस्थामा फेला परेको छ।

कोहलपुर माविमा कक्षा ३ मा अध्ययनरत कुशल गत वैशाख ८ गतेदेखि बेपत्ता भएका थिए। हराएको सूचना दिएपछि आमा यशोधा बुढाले इलाका प्रहरी कार्यालय, कोहलपुरमा निवेदन दिएकी थिइन्। खेतमा बाख्रा चराउन गएका व्यक्तिले मान्छेको खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा शव गाडिएको केही पर परालले छोपिएको अवस्थामा कुशलकै साइकल र टिसर्ट फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कुशलका बाबुको केही वर्षअघि मृत्यु भएको थियो भने आमा यशोधाले निरकनाथ योगीसँग दोस्रो विवाह गरेकी थिइन्। परिवार कोहलपुरमा डेरा गरी बस्दै आएको थियो। हाल घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

अनुसन्धानका लागि कुशलकी आमा यशोधा बुढा र सौतेनी बुबा निरकनाथ योगीलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।

  • १६ बैशाख २०८२, मंगलवार प्रकाशित

  • Nabintech