२९ बैशाख २०८२, सोमबार

शिक्षा क्षेत्रको सुधारमा निम्ति बाँकेका स्थानीय सरकारलाई ध्यानाकर्षण
  • न्युज मानसराेवर

बाँके\ नेकपा (एमाले) बाँकेको शिक्षा तथा मानव श्रोत विभाग आठवटै पालिकामा शिक्षा क्षेत्रमा बजेट दोब्बर वृद्धि गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाउने अभियान सुरु गरिएको छ।

शिक्षा तथा मानव स्रोत विभाग बाँकेले आर्थिक वर्ष २०८२/०८३ काे नीति तथा कार्यक्रम र बजेटमा शिक्षालाई विशेष प्राथमिकता दिन बाँकेका स्थानीय तहहरूलाई दबाब दिएको छ । विभाग निर्णयबाट आसन्न अधिवेशनमा शिक्षालाई प्राथमिकता दिनका लागि ४ वटा गाउँ पालिकाका प्रमुखलाई आज ज्ञापनपत्र बुझाएको हो।

शिक्षा तथा मानव श्रोत विभागले आज नेपालगञ्ज उपमहानगरपालिका, जानकी गाउँपालिका, खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाइएको छ। बाँकी रहेका राप्ती सोनारी, नरैनापुर, कोहलपुर नगरपालिका र डुडुवा गाउँपालिकामा यही बैशाख ३० गतेसम्म ध्यानाकर्षण पत्र बुझाइने कार्यक्रम तय गरिएको विभागका प्रमुख सुर्य रोकायले जानकारी गराएका छन।

शिक्षा क्षेत्रको सुधारका लागि स्थानीय सरकारहरूले गम्भीर ध्यान दिनुपर्ने आवश्यकता रहेको बैठकमा सहभागी नेताहरूले बताएका छन्। विद्यालयहरूको भौतिक पूर्वाधार, गुणस्तरीय शिक्षा, शिक्षक व्यवस्थापन, शैक्षिक सामग्रीको पहुँचजस्ता विषयहरूमा सरकारले प्राथमिकता दिनु पर्ने बताइएको छ ।

 

  • २९ बैशाख २०८२, सोमबार प्रकाशित

  • Nabintech