६ जेष्ठ २०८२, सोमबार

७ वर्षीया बालिका बलात्कारको आरोपमा ७५ वर्षीय वृद्ध पक्राउ
  • न्युज मानसराेवर

दाङ\दाङको तुलसीपुर-१७ का ७५ वर्षीय एक वृद्ध ७ वर्षीया बालिका बलात्कार आरोपमा पक्राउ परेका छन् ।

ती बालिका वृद्धको नातीनी पर्छिन् ।शनिबार अपरान्ह ४ बजेतिर ती बालिका बाख्रा चराउन गएको र तिर्खा लागी पानी खान वृद्धको घरमा जाँदा चक्लेट खाने पैसा दिन्छु भनी जबरजस्ती करणी गरेको उजुरी परेपछि पक्राउ गरेर अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका इन्स्पेक्टर सूर्य रानाले बताए ।वृद्धलाई ५ दिन म्याद थपेर अनुसन्धान थालिएको छ । बालिकालाई स्वास्थ्य परीक्षणपश्चात हजुरआमाको जिम्मा लगाइएको छ ।

  • ६ जेष्ठ २०८२, सोमबार प्रकाशित

  • Nabintech