४ असार २०८२, बुधबार

सरकारी लाभ लिनेमा ‘फाइल किसान’
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले फाइल किसानको घेराबन्दीमा सरकार परिरहेको बताएका छन।

मङ्गलबार रुकुमपूर्वको सदरमुकाम रहेको रुकुमकोटमा मारिङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड भुमे गाउँपालिका–२ ले आयोजना गरेको रुकुमपूर्वको पर्यटन विकास र पोखरासँग सम्बन्ध विस्तार विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका सभामुख घर्तीमगरले यस्तो बताएका हुन।

सभामुख घर्तीमगरले वास्तविक किसानका लागि कानुन निर्माण गर्न सबै पक्ष लाग्नु पर्दोरहेछ तर वास्तविक किसानको कानुन निर्माण गर्नेमा सांसदको ध्यान पुग्न नसकेकोमा दुःख व्यक्त गरे । उनलेजनमुखी कानुन निर्माण र कार्यान्वयनमा किसानका लागि सहज तरिका हुन नसक्दा वास्तविक किसान सरकारदेखि टाढा रहेको बताए।

  • ४ असार २०८२, बुधबार प्रकाशित

  • Nabintech