बर्दिया\ बर्दिया राष्ट्रिय निकुञ्जमा आर्थिक वर्ष ०८१/०८२ मा २८ हजार ६८ जना स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन गरेका छन् । आव ०८०/०८१ को तुलनामा २ हजारभन्दा बढी पर्यटकले अवलोकन गरेका हुन् ।
गत आवमा नेपाली १९ हजार १०, सार्कका १ हजार ५ सय ४० र विदेशी ७ हजार ५ सय १८ जना पर्यटक भित्रिएका बर्दिया निकुञ्जले जनाएको छ । आव ०८०/०८१ मा नेपाली १८ हजार १०, सार्कबाट १ हजार ४ सय ३७ र विदेशी ६ हजार ६ सय ८४ जना पर्यटक आएका थिए । विश्वमै पाटे बाघका लागि ख्याति कमाएको बर्दिया राष्ट्रिय निकुञ्जमा विगत केही वर्षयता आन्तरिक, सार्क र विदेशी पर्यटकको संख्या बढ्दै गएको वरिष्ठ प्रमुख संरक्षण अधिकृत अशोक रामले बताए ।