१२ श्रावण २०८२, आईतवार

सुर्खेतमा मध्यरातमा श्रीमानले गरे श्रीमतीको हत्या
  • न्युज मानसराेवर

बाँके\सुर्खेतमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।वीरेन्द्रनगर-१३ करेखोलामा बस्दै आएका दानसिंह ठाडाले आइतबार बिहान श्रीमती रविना थापाको हत्या गरेका प्रहरीले जनाएको छ ।

४२ वर्षीय दानसिंहले ४१ वर्षीय रविनाको आइतबार बिहान करिब साढे १ बजेको समयमा हत्या गरेका हुन् । श्रीमतीको हत्यापछि उनले आफैंले प्रहरीलाई फोन गरेर बोलाएका थिए ।

घटनाको जानकारी पाउने बित्तिकै नगर प्रहरी र प्रहरी चौकी करे खोलाबाट टोली घटनास्थलमा पुगेको थियो । ठाडालाई प्रहरीले बिहान २ बजेतिर उनकै घरबाट नियन्त्रणमा लिएको छ ।  ‘सर मैले श्रीमती मारिसकेँ, पक्राउ गर्न आउनुहोस् भन्दै प्रहरीलाई फोन गरेका थिए ।

लगत्तै पुगेको प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ’, जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी मोहनजङ्ग बुढथापालेले भने, ‘घटनाको कारण खुलेको छैन । हामी अनुसन्धान गरिरहेका छौं ।’उनले चिर्पटले हानेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

  • १२ श्रावण २०८२, आईतवार प्रकाशित

  • Nabintech