२९ श्रावण २०८२, बुधबार

निजी विद्यालय भोलि देखि आन्दोलनमा उत्रिदै
  • न्युज मानसराेवर

बाँके\ निजी विद्यालयहरूले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट प्रस्तावित शिक्षा विधेयकमा केही विषयहरू निजी विद्यालयहरूलाई अमान्य भएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

सरकारले विद्यालय शिक्षा विधेयकमा चार बुँदा नसच्याए आन्दोलनमा जाने निजी विद्यालयहरूले चेतावनी दिदैँ आएका थिए । निजी विद्यालयहरूलाई क्रमशः गैर नाफामूलक बनाईनेछ भन्ने वाक्यांश हटाइनु पर्ने, पूर्ण छात्रवृत्ति भन्ने शब्द हटाइनु पर्ने, हाल अभ्यासमा रहेको जम्मा विद्यार्थी सङ्ख्याको १०% छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिइनु पर्ने र छात्रवृत्ति अन्तर्गत भर्ना शुल्क, वार्षिक शुल्क र मासिक पढाइ शुल्क कायम हुनुपर्ने व्यवस्था गरेर शिक्षा ऐन जारी गर्नुपर्ने  मुख्य माग रहेको प्याब्सन बाँकेका निवर्तमान जिल्ला अध्यक्ष यम बहादुर रावतले बताए ।

प्याब्सनले प्रदेश/जिल्ला तथा पालिका कार्यसमितिहरू सबैलाई निर्देशन दिँदै भोलिदेखि आन्दोलन गर्ने जनाएको छ । भोली  साउन २९ गते देखि ७ गतेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै भदौँ ७ गतेसम्म निकास ननिस्किए विद्यालय बन्दसम्मको कार्यक्रम हुने प्याब्सन कोहलपुरका अध्यक्ष रमेश केसीले  जानकारी दिएका छन।

त्यसै गरी प्याप्सन केन्द्रिय महासचिव द्धारा आन्दोलका कार्यक्रम सार्वजनिक गरेका छन।

 आन्दोलनका कार्यक्रम

  • २९ श्रावण २०८२, बुधबार प्रकाशित

  • Nabintech