कोहलपुर\ निजि तथा आवसिय विद्यालय अर्गनाईजेशन नेपालले शान्तिपूर्ण विरोध स्वरुप स्कुल बस आन्दोलनमा उत्राने भएको छ ।
भदौ ६ गते भोली देशैभरका स्कुल बसहरू विद्यालय नजिकैको चोकमा उतारेर नगर परिक्रमा गर्ने लगायतका आन्दोलन अनुरुप कालो झण्डा सहित र्याली गर्ने कार्यक्रम रहेको आन्दोलन व्यवस्थापन समिति संयोजक तथा प्याब्सन कोहलपुरका उपाध्यक्ष शमिर घर्तीले जानकारी गराए ।
‘हामी शान्तिपूर्ण रुपमा कोहलपुर पिपलचौतार ,हवलदारपुर हुदैँ कोहलपुर चौराह सम्म कालो झण्डा बसमा राखेर नगर परिक्रमा गर्ने कार्यक्रम रहेको घर्तीले बताए।’ कोहलपुर प्याब्सनमा कूल २८ वटा विद्यालय रहेका छन। जिल्ला भर गरी करिब १ हजार बसहरु कालो झण्डा सहित नजिकै पायक पर्ने चौकहरुमा शान्पिूर्ण र्याली गरिने प्याब्सन बाँकेले जनाएको छ।
विद्यालय शिक्षा सम्बन्धित विधेयक २०८० मा राखिएका व्यवस्थाप्रति निजि तथा आवसिय विद्यालय अर्गनाईजेशन प्याब्सन नेपाल र नेशनल प्याब्स्नले संयक्त रुपमा कालो झण्डा सहित र्याली गर्ने कार्यक्रम रहेको प्याब्सन कोहलपुरका अध्यक्ष रमेश केसीले बताए । चरणबद्ध आन्दोलनका कार्यक्रम अनुरुप सबै जिल्लाहरुमा कालो झण्डा सहित आन्दोलनमा बस उत्रान लागेको हो ।
कम्पनी ऐन अन्तर्गत दर्ता भएका विद्यालयलाई गैरनाफामूलक बनाउने भन्ने व्यवस्था हटाउनुपर्ने, पूर्ण छात्रवृत्तिबाट पोशाक, स्टेसनरी, शैक्षिक सामग्री र खाजा उपलब्ध गराउनुपर्ने, छात्रवृत्ति सम्बन्धी अधिकार स्थानीय तहलाई दिने भन्ने व्यवस्था हटाएर विद्यालयलाई नै दिनुपर्ने लगायत माग उनीहरूले राखेका छन् । उनीहरूले माग सम्बोधन नभए ८ भदौदेखि निर्णायक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।