बाँके\प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावित भारत भ्रमण गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्न आग्रह गरिएको छ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँको संयोजकत्वमा गठित सङ्घर्ष समितिले प्रधानमन्त्री ओलीलाई आसन्न भारत भ्रमण भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भएर गर्न आग्रह गरेको हो ।
समितिको बैठकले विमानस्थलको दिगो सञ्चालनका लागि सरकारलाई दबाब दिने उद्देश्यले प्रधानमन्त्रीलाई पत्र पठाउने निर्णय गरेको हो । अर्बौंको लगानीमा बनेको आयोजनालाई सक्रिय बनाउन प्रधानमन्त्रीले यस विमानस्थल प्रयोग गरेमा जनस्तरमा सकारात्मक सन्देश जाने समितिको धारणा छ ।