बाँके\ प्याब्सन बाँकेको अगुवाईमा जिल्ला प्रशासन कार्यालय बाँकेमा शैक्षिक संस्थाहरुले शिक्षा ऐन निति विरुद्ध जिल्ला प्रशासन कार्यालय अगाडी कोणसभा गरेका छन् ।
आज प्याब्सन, एन प्याब्सन, हिसान, अपेन र एनएमएले जिल्ला प्रशासन कार्यालय बाँके अगाडी पाँच वटा शैक्षिक संस्थाहरुले शिक्षा ऐन निति विरुद्ध जिल्ला प्रशासन कार्यालय अगाडी कोणसभा गरेका हुन् ।प्रस्तावित शिक्षा विधेयकबाट निजी विद्यालय गैर नाफामुलक हुनुपर्ने र पूर्ण छात्रवृत्ति दिनुपर्ने प्रावधान नहटाएसम्म आन्दोलन जारी रहने संघसंगठनहरुले बताएका छन् ।
प्रस्तावित शिक्षा विधेयक निजी विद्यालय अनुकूल नभएको अवस्थामा आन्दोलन चर्किने मात्र होइन, विद्यालय बन्द गरेर ताला चाबी सरकारलाई हस्तान्तरण गर्ने चेतावनी समेत दिएका छन् ।कार्यक्रममा सबै संगठनका पालिका अध्यक्ष, जिल्ला अध्यक्ष, प्रदेश र केन्द्रका पदाअधिकारी सहित करिब ५५ जना भन्दा बढिको सहभागिता रहेको थियो ।











