३१ भाद्र २०८२, मंगलवार

नेपाल प्रेस युनियन बाँकेले शुरु गर्यो सय दिने अभियान
  • न्युज मानसराेवर

बाँके\नेपाल प्रेस युनियनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष प्रेम केसीले प्रेस युनियन क्रियाशील पत्रकारहरुको संगठनका रुपमा परिचित रहेकाले व्यवसायिक र क्रियाशील पत्रकारहरुलाई मात्रै सदस्य बनाउन निर्देशन दिएका छन।

नेपाल प्रेस युनियन बाँके शाखाले केन्द्रीय कार्यक्रम अन्तर्गत सुरु गरेको सय दिने अभियानको शुक्रबार नेपालगन्जमा सुभारम्भ गर्दै वरिष्ठ उपाध्यक्ष केसीले युनियनलाई भर्ति केन्द्र नबनाउन निर्देशन दिएका हुन।

त्यसै गरी  नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाइँले युनियनको सदस्यता अभियानले संगठनप्रति आस्था राख्नेहरुलाई उत्साहित गर्ने विश्वास व्यक्त गरेका छन।

प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस युनियन लुम्बिनी प्रदेश सदस्य गौरव गिरी, बाँके शाखाका निवर्तमान अध्यक्ष अर्जुन वली, अग्रज नेता नीरज कुमार गौतमलगायतको उपस्थिति रहेको थियो ।

  • १३ भाद्र २०८२, शुक्रबार प्रकाशित

  • Nabintech