७ आश्विन २०८२, मंगलवार

बाँकेको नौबस्ता कारागारबाट भागेका कैदी जाजरकोटमा पक्राउ
  • न्युज मानसराेवर

बाँके\जेनजी आन्दोलनका क्रममा बाँके नौबस्ता कारागारबाट फरार रहेका कैदी जाजरकोटमा पक्राउ परेका छन् । जाजरकोटको शिवालय गाउँपालिका–९ का कर्तव्य ज्यान मुद्दाका कैदी २३ वर्षीय ज्ञानु बादीलाई प्रहरीले पक्राउ गरेका हो ।

गत भदौ २४ गते जेनजी आन्दोलनमा बाँकेस्थित नौबस्था कारागार कार्यालयबाट भागी फरार रहेका बादीलाई प्रहरीले आइतबार शिवालय गाउँपालिका–१ मोर्क बजारबाट पक्राउ गरी जाजरकोटस्थित कारागार पठाएको छ ।

  • ६ आश्विन २०८२, सोमबार प्रकाशित

  • Nabintech