२९ कार्तिक २०८२, शुक्रबार

इलाका प्रशासन कार्यालय कोहलपुरले तत्काल सेवा दिन नसक्ने
  • न्युज मानसराेवर

काेहलपुर । आगजनी र तोडफोडबाट व्यापक क्षति पुगेकाे इलाका प्रशासन कार्यालय काेहलपुरकाे सेवा अनिश्चित बनेको छ । जेनजीको प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडबाट ध्वस्त भएको इलाका प्रशासन कार्यालय काेहलपुरले सेवा तत्काल सुचारु गर्न समस्या देखिएको हो ।

इलाका प्रशासन कार्यालय कोहलपुरका प्रमुख अन्तिम सिंजालीले आगजनी र तोडफोडबाट कार्यालयका कागजात, कम्प्युटरसहितका विद्युतीय उपकरण, फर्निचरलगायत सबै सरसामग्री खरानी भएकाले तत्कालै सेवा दिन सक्ने अवस्था नरहेको बताइन। आगलागीबाट कार्यालय प्रमुखको कार्यकक्षदेखि नागरिकता, पासपोर्ट, राष्ट्रिय परिचयपत्र वितरण गर्ने सबै शाखा जलेर भग्नावशेष मात्रै बाँकी छ ।

इलाका प्रशासन कार्यालय काेहलपुरका प्रमुख अन्तिम सिंजालीले आगजनी र तोडफोडबाट कार्यालयका कागजात, कम्प्युटरसहितका विद्युतीय उपकरण, फर्निचरलगायत सबै सरसामग्री खरानी भएकाले तत्कालै सेवा दिन सक्ने अवस्था नरहेको जानकारी गराइन। 

आगलागीबाट कार्यालयकाे कार्यकक्षदेखि नागरिकता, पासपोर्ट, राष्ट्रिय परिचयपत्र वितरण गर्ने सबै शाखा जलेर भग्नावशेष मात्रै बाँकी छ ।

आगजनीपछि सेवाग्राहीहरु भने कार्यालयमा निरन्तर आइपुगिरहेका छन् । बिहान १० बजेपछि पासपोर्ट र नागरिकता लगाएतका विभिन्न काम लिएर आउनेहरुको लर्काे लाउने गरेकाे छ ।

  • ७ आश्विन २०८२, मंगलवार प्रकाशित

  • Nabintech