७ जेष्ठ २०८३, बिहीबार

कोहलपुर प्याब्सनले हस्तान्तरण गर्यो ६ लाख ६० हजार बढिको विद्युतीय उपकरण
  • न्युज मानसराेवर

कोहलपुर \कोहलपुर क्षेत्रका संस्थागत विद्यालय प्याब्सनले ६ लाख ६० हजार बढिको विद्युतीय उपकरणहरू सहयोग गरेको छ ।

जेनजी आन्दोलनका क्रममा आगजनी र लुटपाट बाट ध्वस्त भएको कोहलपुर नगरपालिका  सेवा प्रभावित भै जनताको दैनिक कार्यमा असहज भएको अवस्थालाई मध्यनजर गर्दै प्याब्सन कोहलपुरले ल्याबटप ३ थान ,फोटोकपी मेसिन प्रिन्टर ४ थान, डेक्सटप कम्प्युटर १ सेट , ७५ इन्चीको मनिटर २ थान गरि ६ लाख ६० हजार ३ सय बराबर को सामाग्री आज एक कार्यक्रमका विच हस्तान्तरण गरिएको हो ।

प्याब्सन कोहलपुरमा आवद्ध कुल २८ वटा विद्यालयको संयुक्त रुपमा संकलन गरि  ६ लाख ६० हजार ३ सय बराबरको सामाग्री हस्तान्तरण गरिएको प्याब्सन कोहलपुरका अध्यक्ष रमेश केसीले जानकारी दिए ।

त्यसै गरी हस्तान्तरण कार्यक्रममा बोल्दै  कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरी तत्काल समस्यामा रहेको स्थानीय सरकार लाई संस्थागत विद्यालयहरूको सहयोगले जनताको सेवा प्रवाहमा सहजता ल्याउने बताए । गिरीले आन्दोलनका नाममा भएको आगजनी र लुटपाटबाट नगरपालिका पूर्ण रुपमा ध्वस्त भएको बताउँदै सेवा सुचारु गर्न समस्या देखा परेको औल्याए । उनले संयोजन गर्ने प्याब्सन र सहयोगी विद्यालयहरू लाई धन्यवाद दिदै सहकार्य र समन्वय भावि दिनहरुमा समेत हुने विश्वास व्यक्त गरे ।

विद्युतीय उपकरणहरू हस्तान्तरण कार्यक्रममा प्याब्सन बाँकेका नि बर्तमान अध्यक्ष यम रावत जिल्ला सल्लाहकार केशर बहादुर आले प्याब्सन बाँकेका जिल्ला सदस्य प्याब्सन कोहलपुरका पदाधिकारी लगाएतको सहभागिता रहेको प्याब्सन कोहलपुरका सचिव मित्रलाल वलीले जानकारी गराए ।

 

 

  • ८ आश्विन २०८२, बुधबार प्रकाशित

  • Nabintech