१ जेष्ठ २०८३, शुक्रबार

५ बुँदे प्रतिबद्धता सहित सम्पन्न गरिएको सार्वजनिक सुनवाइ
  • न्युज मानसराेवर

कोहलपुर । खजुरा गाउँपालिका वडा नं.२ को दोस्रो चौमासिक सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरिएको ।उत्पीडित सामुदायिक विकास केन्द्रको सहजीकरणमा दोस्रो चौमासिक सार्वजनिक सुनवाई सम्पन्न गरिएको हो ।

दोस्रो चौमासिक प्रतिवेदन प्रस्तुत गर्दे वडा अध्यक्ष वलीले १९ लाख राजश्व संकल जन्म दर्ता १सय ८० बसाइसरा सम्बन्भ विच्छेद मृत्यु दर्ता विकासका कूल २२ वटा आयोजना सम्पन्न गरिएको तथा उनीहरुको मुल्याकन गर्ने काम भइरहेको समेत सार्वजनिक सुनवाइ कार्यक्रममा जानकारी गराए । कार्यक्रममा स्वास्थ्य शिक्षा , खानेपानीु विद्युत , पूर्वाधार विकास लगाएतका विषयहरुमा सहभागिहरुले प्रश्न राखेका थिए।

कार्यक्रममा धनिराम ओली क्षेत्रले जेनजी आन्दोलन पश्चात पूर्वाधार विकास लगाएतका क्षेत्रमा बजेट कटौति भएका कारण संचालन गर्नु पर्ने आयोजनाहरु समेत संचालन गर्न नसकिएको बताए। उनले वडाको समग्र सुशासन प्रर्वद्धनमा वडाका जनप्रतिनिधि कर्मचारी सबै प्रतिवद्ध रहेको बताए । कार्यक्रममा ८० भन्दा माथीको सहभागिता रहेको थियो। कार्यक्रममा ४ बुर्दे प्रतिवद्धता समेत व्यक्त गरिएको छ ।

  • ३१ बैशाख २०८३, बिहीबार प्रकाशित

  • Nabintech