कोहलपुर\ सिप सिकौँ आत्मनिर्भर बनौँ भन्ने मुल नाराका साथ १५ दिने चाउमिन तथा सस उत्पादन तालिम तथा प्रविधि हस्तान्तरण कार्यक्रम उत्घाटन गरिएको छ ।बाँकेको राप्तीसोनारी वडा नं.८ मा लुम्बिनी प्रदेश सरकार उद्योग पर्यटन तथा यातायात मन्त्रालय पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेको आर्थिक सहयोग तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालञ्ज बाँकेको सहकार्य र उत्पीडित सामुदायिक विकास केन्द्रको आयोजनामा उक्त तालिम सञ्चालन गरिएको हो।
उत्घाटन कार्यक्रममा बोल्दै प्रमुख अथिति राप्तीसोनारी गाउँपालिका वडा नं.८ का वडा अध्यक्ष शालिक राम डागीले आत्म निर्भर बन्नका तालिमले महत्वपूर्ण सहयोग मिल्ने धारणा राखे ।डांगीले तालिम पश्चात वडा स्तर बाट अनुगमन गरिने समेत औल्याए ।त्यसै गरी कार्यक्रममा बोल्दै पर्यटन डिभिजन कार्यालय कोहलपुर अधिकृत कृष्ण बहादुर विष्टले प्रदेश माननीय दुर्गा बहादुर चौधरीको पहलमा आएको बजेटले स्थानीय तथा गुणस्तरीय चाउमिन तथा सस उत्पादन हुने विश्वास व्यक्त गरे ।
उनले पर्यटन डिभिजन कार्यालय कोहलपुरले पछिल्लो समय रैथाने अन्नको संरक्षण तथा आत्म निर्भर समाज निमार्णका निम्ति विभिन्न काम गर्दे आइरहेको बताए ।त्यसै गरी कार्यक्रममा बोल्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालञ्ज बाँकेका अधिकृत नेत्र बोकटीले गुणस्तरी चाउमिन तथा सस उत्पादनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालञ्ज बाँकेको १५ दिन सम्म प्राविधि सहयोग रहेने बताइन ।

उनले पछिल्लो समय मैदाको मात्र चाउनमिन बजारमा पाउने हुँदा त्यसलाई प्रतिस्थापन गर्नका लागि अग्रानीक तथा अन्य खाद्य बस्तुको मिश्रण बाट चाउमिन बनाउन सहजिकरण गर्ने औल्याइन । कार्यक्रममा उत्पीडित सामुदायि विकास केन्द्रका अध्यक्ष डिल बहादुर परियारको अध्यक्षतामा कार्यक्रम संचालन गरिएको थियो ।तामिलमा कूल २० जना महिलाहरुको सहभागिता रहेको थियो । उत्तः चाउमिन तथा सस उत्पादन तालिमका निम्ति करिब ५ लाख बजेट विनियोजन गरिएको बताइएको छ ।












