रोल्पा\रोल्पाको जलजला क्षेत्रमा बिहीबार भएको जीप दुर्घटनामा परि मृत्यु हुनेमा एकै परिवारका ९ जना रहेकाे खुलेकाे छ । जिल्ला प्रहरी कार्यालय राेल्पाका अनुसार दुर्घटनामा परि ज्यान गुमाउने २० मध्ये ९ जना घोराही उपमहानगरपालिका–१५ रतनपुरका एउटै परिवारका सदस्य हुन् ।
प्रहरीका अनुसार घोराही उपमहानगरपालिका–१५ रतनपुरका ५४ वर्षिय दोरपति जिसी, ३२ वर्षिया तिला जिसी, ७ वर्षिय जेनिस जिसी, १२ वर्षिया जेनिसा जिसी, २५ वर्षिया एलिना जिसी, ७ वर्षिय संयोग जिसी र यमबहादुर जिसीको मृत्यु भएको छ । यसै परिवारकी छोरी युभा बिसी र उनका श्रीमान् दीपक बुढाथोकीको पनि सोही दुर्घटनामा मृत्यु भएको छ।
दुर्घटनामा परि मृत्यु हुनेमा रुकुमपूर्व सिस्ने गाउँपालिका–५ टाकुराका ३२ वर्षिय गोर्खबहादुर बुढाथोकी, ५३ वर्षिया तिलकुमारी बुढाथोकी, २४ वर्षिया सिर्जना बुढाथोकी, १३ वर्षिय सुदीप बुढाथोकी, ४० वर्षिया ओमकुमारी बुढाथोकी, ६० वर्षिया मीना कामी, ६० वर्षिया लक्ष्मी शाह, रुक्मिणा बस्नेत तथा रुकुमपूर्व भूमे गाउँपालिका–५ का टेकप्रसाद बस्नेत रहेका छन् ।












