बाँके\ नेपाल पत्रकार महासंघ बाँकेले आफ्नो वेबसाइट सञ्चालनमा ल्याएको छ ।जिल्ला शाखा बाँकेले आफ्नो छुट्टै वेबसाइटको बुधबारदेखि सञ्चालनमा ल्याएको हो ।बडादशैं, दीपावली, नेपाल सम्बत् ११४६ र छठ पर्वको अवसरमा शाखाको नेपालगञ्ज(४ सञ्चारग्राम (बसपार्क) स्थित कार्यालयमा आयोजित चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रमका बीच वेवसाईट शुभारम्भ गरिएको हो । वेवसाईटको महासंघका लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले वेबसाइटको शुभारम्भ गरे ।
बाँके शाखा अध्यक्ष नवीन गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शुभकामना आदानप्रदान गरिएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले नजिकिएका चाडपर्वहरुले सत्प्रेरणा र सकारात्मकता बृद्धिका लागि प्रेरित गर्ने विश्वास ब्यक्त गरे । समाजमा नकारात्मकता बढिरहेको भन्दै उनीहरुले चिन्ता ब्यक्त गरेका थिए ।
कार्यक्रममा पूर्व अध्यक्षद्वय प्रेम केसी र निरज गौतम, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारी बाँकेका अध्यक्ष कमल डाँगी, समाजवादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्मा, प्रेस संगठन बाँकेका सहसचिव सन्तोष विष्ट, क्रियाशील पत्रकार महिला बाँकेकी उपाध्यक्ष विमला चौधरीले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । सचिव कृष्ण ओलीले सञ्चालन गरेको कार्यक्रममा सह(सचिव भगतराम थारुले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।
वेबसाइट डिजाइन र विकास गरेको सफ्टवेयर कम्पनी डटवक्र्स टेक्नोलोजिजका प्रबन्ध निर्देशक अर्सद कमल सिद्दिकीले वेबसाइटमा भएका फिचरबारे जानकारी गराएका थिए । उनले उन्नत वेबसाइट बनाइएको जानकारी गराउँदै अहिले सुरुवात गरिए पनि डाटा अपडेट गर्न अझै बाँकी रहेको र काम भइरहेको बताए । बाँके शाखाको विवरण www.fnjbanke.org.np लगअन गरेर हेर्न र पढ्न सकिने अध्यक्ष गिरीले बताए।
















