७ जेष्ठ २०८३, बिहीबार

समता स्कुलले सम्पन्न गर्यो दसैँको शुभकामना आदान प्रदान
  • न्युज मानसराेवर

कोहलपुर\कोहलपुर वडा नं.११ मा संचालित समता स्कुल कोहलपुरले शुभकामना आदान प्रदान तथा टिका जमरा कार्यक्रम सम्पन्न गरेको छ ।

शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नि नर्तमान बाँकेक्षेत्र नं.१ का संघिय सांसद सुर्य ढकालले स्कुल प्रशासन ,अभिभावक ,विद्यार्थी विचको समन्वय सकार्य भएमा मात्र गुणस्तरीय शिक्षा प्राप्त हुने बताए ।

उनले विद्याल बाट जब विद्यार्थी घर गएपश्चात उनीहरुको क्रियाकलाप अभिभावकले अध्ययन गर्नु पर्ने र विद्यालय प्रशासनसंग उनीहरुको (बच्चाहरुको ) क्रियाकलाप बारे समेत समिक्षा गर्नु पर्ने औल्याए । ढकालले खुसी नेपाली समृद्ध नेपाल बनाउन सबैले आ आफ्नो स्थानबाट सच्चिनु पर्ने औल्याए । उनले देशमा नेता मात्र भष्ट नरहेको औल्याउदै प्रत्यक नागरिक सच्चिने वेला आएको समेत तर्क राखेको थिए ।

त्यसै गरी कार्यक्रममा प्याब्सन कोहलपुरका सचिव मित्रलाल वलीले दशै तिहार र छठ पर्वको शुभकमना दिदै विद्यालयले उपलब्ध गराएका
गृह कार्य सम्पन्न गर्न गराउन विद्यार्थी र अभिभावक लाई आग्रह गरे।कार्यक्रममा पत्रकार, समाजसेवि लगाएत अभिभावकको सहभागिता रहेको थियो।शुभकामना आदान प्रदान कार्यक्रममा नित्तृ प्रस्तुति पुररुस्कार वितरण समेत गरिएको थियो।

२०७३ सालमा स्थापना भएको समता स्कुलले न्यूनतम शुल्क तथा सम्मान शुल्कमा अध्यापन गर्दै आइरहेको छ।
समता स्कुलका कार्यकारी निर्देशक रबि रोकायाको अध्यक्षतामा शुभकाना आदान प्रदान तथा टिका जमरा कार्यक्रममा सम्पन्न गरिएको थियो ।

  • १२ आश्विन २०८२, आईतवार प्रकाशित

  • Nabintech