२९ आश्विन २०८२, बुधबार

बाँकेमा ३ जना भारतीय नागरिक पक्राउ
  • न्युज मानसराेवर

बाँकेमा प्रहरीले १ लाख रूपैयाँ बराबरको पटकासहित ३ जना भारतीय नागरिक पक्राउ गरेको छ ।

जानकी गाउँपालिका-१ साईगाउँबाट करिब १ लाख रूपैयाँ बराबरको पटका सहित भारतको रूपैडियाका २५ वर्षीय तशवर अली, ३२ वर्षीय मोहम्मद हसिन र ३० वर्षीय युनुस राईलाई पक्राउ गरिएको बाँके प्रहरीका प्रवक्ता डीएसपी दिपक पातलीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ २ वटा साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त पटकासहित फेला पारी पक्राउ गरेको हो । यससम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

  • २९ आश्विन २०८२, बुधबार प्रकाशित

  • Nabintech