बाँके\नेपालगन्ज –१३ स्थित रोयल क्याफेबाट करिब ५० ग्राम लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले प्रहरीलाई रोयल क्याफेमा लागुऔषध बिक्री भइरहेको भन्ने विशेष सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा नेपालगन्ज उपमहानगरपालिका–९ बस्ने ३८ वर्षीय चाँदअलि शेष र ऐ.ऐ. बस्ने ३१ वर्षीय बब्लु शेषलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।














