२९ कार्तिक २०८२, शुक्रबार

भागेका कैदीबन्दी नियन्त्रणमा लिन भारतीय पक्षसँग समन्वय
  • न्युज मानसराेवर

बाँके\नवलपरासी कारागारबाट भागेका भारतीय कैदीबन्दीलाई नियन्त्रणमा लिनको लागि जिल्ला प्रशासन कार्यालयले भारतीय प्रहरीसँग समन्वय गरिरहेको छ ।

गत भदौको जेनजी आन्दोलनका क्रममा नवलपरासी कारागारबाट भागेका ४१ जना भारतीय कैदीबन्दीमध्ये २ जनालाई मात्र नियन्त्रणमा लिइएको बाँकीलाई नियन्त्रणमा लिन भारतीय प्रहरीसँग समन्वय गरिएको नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण राज भण्डारीले रातोपाटीलाई बताए।

भारतीय पक्षसँग बसेको सुरक्षा बैठकमा फरार कैदीबन्दीहरुको तस्बिरसहित विवरण पठाइएको उनले बताए ।जेनजी आन्दोलनका क्रममा नवलपरासी कारागारबाट ५४३ कैदीबन्दी भागेका थिए । जसमा ४१ जना भारतीय हुन्।उनका अनुसार नवलपरासीबाट भागेका अझै १९९ कैदीबन्दी नियन्त्रणमा आएका छैनन् ।

  • २४ कार्तिक २०८२, आईतवार प्रकाशित

  • Nabintech