२८ कार्तिक २०८२, बिहीबार

नेपालले पायो नयाँ प्रहरी महानिरीक्षक
  • न्युज मानसराेवर

बाँके\नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दर्ज्यानी चिह्न लगाएका छन् । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव रामेश्वर दंगालले कार्कीलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।

प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण अघिल्ला आईजीपी ९महानिरीक्षक० चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा गएकाले नेपाल प्रहरीको कमाण्ड कार्की मातहत आएको हो ।

  • २८ कार्तिक २०८२, बिहीबार प्रकाशित

  • Nabintech