१२ मंसिर २०८२, बिहीबार

४ हजार ८५७ कैदीबन्दी अझै फरार
  • न्युज मानसराेवर

बाँके\ जेनजी आन्दोलनका क्रममा भागेका ९ हजार ६९७ कैदीबन्दी फिर्ता भएका छन् ।

गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार जेनजी आन्दोलनका क्रममा भागेका र फरार भएका ४ हजार ८५७ जना अझै बाहिरै छन् ।

उनीहरूलाई फिर्ता ल्याउन सरकारले विशेष अपरेसन सञ्चालन गरिरहेको उनले बताए ।

राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको बैठकलाई गृहमन्त्री अर्यालले यस्तो जानकारी दिएका हुन् ।

  • १२ मंसिर २०८२, बिहीबार प्रकाशित

  • Nabintech