कोहलपुर\कोहलपुरमा संचालन हुन गईरहेको महोत्सवलाई थप व्यवस्थित, आकर्षक र सफल बनाउन सबैको समन्वयात्मक आवश्यक रहेको कोहलपुर उद्योग वाणिज्य संघका प्रदिप भट्टराईले बताएका छन ।
बिहिबार कोहलपुरका संचारकर्मिहरूसँगको छलफलका क्रममा अध्यक्ष भट्टराईले महोत्सवलाई भव्यताका साथ सम्पन्न गर्न सबै सरोकारवाला निकायको सक्रिय साथ र सहयोग अपरिहार्य रहेको बताएका हुन् ।
छलफसमा बोल्दै अध्यक्ष भट्टराईले महोत्सव कोहलपुरको आर्थिक, सामाजिक र सांस्कृतिक पहिचान झल्काउने महत्वपूर्ण अवसर भएकोले यसलाई सफल बनाउन कसैले पनि कसर बाँकी राख्न नहुनेमा जोड दिएका थिए ।‘कोहलपुर महोत्सव हामी सबैको साझा अभियान हो।
यसको सफलताका लागि उद्योगी(व्यवसायी, स्थानीय निकाय, नागरिक समाज, सञ्चारकर्मी र आम उपभोक्ता सबैको सहकार्य आवश्यक छ’ अध्यक्ष भट्टराईले भने ।महोत्सवलाई स्थानीय उत्पादन, कृषि र पर्यटन प्रवर्द्धनको माध्यम बनाइने र यसबाट स्थानीय अर्थतन्त्रलाई टेवा पुग्ने संघका महासचिव दिपक बहादुर भण्डारीले विश्वास व्यक्त गरे ।
विगतका अनुभवबाट पाठ सिक्दै यस वर्षको व्यवस्थापन पक्षलाई अझै सुदृढ र दर्शकमैत्री बनाइने प्रतिबद्धता व्यक्त गर्दै भण्डारीले महोत्सव अवधिभर दर्शक तथा सहभागीहरूको सुरक्षा र सहजतालाई उच्च प्राथमिकतामा राखिने बताए ।उनले महोत्सवलाई मनोरञ्जनको केन्द्र मात्र नभएर व्यावसायिक अवसर र सूचना आदानप्रदानको थलो बनाउन खोजिएको जिकिर गरे ।छलफल कार्यक्रममा सहभागी संचारकर्मीले महोत्सवलाई सफल बनाउन आवश्यक सुझाव दिनुका साथै आ(आफ्नो तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
कोहलपुर महोत्सन पौष ९ देखी १८ गते सम्म संचालन गर्न कोहलपुर उद्योग व्यापार संघले कोहलपुरका विभिन्न सरोकारवाला विच अन्तरक्रिया कार्यक्रमलाई तिब्रता दिइएको छ ।










