कर्णाली \कानूनी पहुँच, जवाफदेहिता र जनमुखी न्यायका लागि महिला र सिमान्तकृत समुदायको सशक्तिकरण परियोजना जाजरकोट जिल्लाको बारेकोट गाउँपालिकामा शुरु भएको जानकारी पालिका स्तरीय समन्वय बैठकमा सोमबार जानकारी दिइएको थियो ।
बारेकोट गाउँपालिकाका अध्यक्ष वीर बहादुर गिरीको अध्यक्षतामा भएको बैठकमा वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु प्रमुख प्रशासकीय अधिकृत, विषयगत शाखा प्रमुखहरुको उपस्थितिमा सम्पन्न बैठकले परियोजना कार्यान्वयनमा समन्वय र सहकार्य मार्फत सहयोग गर्ने कुरा बताइएको थियो ।बारेकोट गाउँपालिकामा रहेका महिला, युवा र सिमान्तकृत समूहहरुको न्यायमा पहुँचमा सहयोग पुग्ने अपेक्ष व्यक्त गर्दै गाउँपालिका अध्यक्ष वीर बहादुर गिरीले परियोजना कार्यान्वयनमा सहयोग गर्ने प्रतिबद्धता जनाउँनु भयो ।
उहाँले भन्नु भयो –“ नेपाल सरकार यु एन डी पी र पहाडी क्षेत्र विकास अभियान जाजरकोट ले न्यायमा पहुँचका लागि हामीलाई थोरै भए सहयोग गर्नु भएको छ हामी सहयोग गर्छौ ।
”नेपाल सरकारको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, सयूक्त राष्ट्र विकास कार्यक्रम (UNDP/A2J) परियोजनाको सहयोग र पहाडी क्षेत्र विकास अभियान जाजरकोटको साझेदारीमा सञ्चालित कानूनी पहुँच ,जवाफदेहिता र जनमुखी न्यायका लागि महिला र सिमान्तकृत समुदायको सशक्तिकरण परियोजना अन्तरगत दुरदराजमा रहेका समुदायस्तरमै पुगेर, टिकटक भिडियो, रेडियो जिंगल, प्रचापम्पलेट मार्फत कानूनी सचेतना, नागरिक अधिकार सचेतना, गुनासो व्यवस्थापन, सार्वजनिक सुनुवाई, टोलफ्रि नम्बर स्थापना गरेर, बुथकेन्द्र स्थापना गरेर, स्वयंसेवक परिचालन गरेर र युवा सञ्जाल मार्फत महिला र सिमान्तकृत समुदायको सशक्तिकरण गरिने परियोजना संयोजक भिमबहादुर नेपालीले बताउँनु भयो । ।












