बाँके बैजनाथ । बैजनाथ क्षेत्रमा होम आइसोलेशनमा रहेका कोरना संक्रमितहरुलाई फलफूल ,अदुवा गूर्जो मास्क तथा हौशला दिन स्वास्थ्य सम्बन्धी परामर्श गरिएको छ ।
नेकपा एमाले बैजनाथ पार्टी पदाधिकारी पार्टी निकट युवा संघ द्धारा उक्त अभियान सञ्चालन गरिएको हो ।
अभियानमा स्थानीय वडाका जन प्रतिनिधि ,स्वास्थ्यकर्मी ,युवा पार्टी प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
बैजनाथ गाउँपालिका क्षेत्रमा हाल होम आइसोलेस मा करिब आठ सय जना संक्रमित थिए । हाल होम आइसोलेसनमा कुल संक्रमित मध्य दुई सय परामर्श र उपचारत्त छन् । बाँकी भने संक्रमण मुक्त भइसकेका छन् ।