१८ बैशाख २०८१, मंगलवार

आज थप ५,९०४ ले जिते कोरोना
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  आज बिहीबार देशभर  ५ हजार ९०४ संक्रमणमुक्त भएका छन् ।  यसै गरी  ६ हजार २५ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ७५ जना संक्रमितको मृत्यु भएको छ।

अहिलेसम्म नेपालमा ५ लाख ७६ हजार हजार ९३६ जनालाई संक्रमण पुष्टि भएको छ, जसमध्ये ४ लाख ६७ हजार ४६७ जना संक्रमणमुक्त भएका छन् भने ७ हजार ६३० जनाको मृत्यु भएको छ।

अहिले १ लाख १ हजार ८३९ जना संक्रमित आइसोलेसनमा छन्। पछिल्लो २४ घण्टामा १ हजार ५६२ पीसीआर र ३२११ एन्टीजेन परीक्षण भएको छ।

  • २० जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech